दाङ : दाङको लमहीमा यात्रुवहाक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । मंगलबार बिहान साढे ६ बजेतिर पुर्व-पश्चिम राजमार्ग अन्र्तगत लमही ९ शिवखोला नजिकको कल्र्भटमा ठोक्किएर बस पल्टिदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले जानकारी दिए ।

काठमाडौंबाट सुर्खेत तर्फ जाँदै गरेको कर्णाली प्रदेश -०२-००१ ख- ०३६२ नम्बरको यात्रु बाहक बस दुर्घटना भएको हो । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। घाइते मध्य ६ जनालाई उपचारका लागि लमही अस्पतालमा ल्याइएको छ भने अन्य ६ जनालाई बाँकेको कोहलपुर पठाइएको प्रहरील जनाएको छ । अन्य तीन जना सामान्य रहेका छन् ।

घटना बारे थप विवरण आउन बाँकी छ ।