काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललितानिवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकामध्ये १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालतले केशव तुलाधरबाहेक अन्य १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो।

अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग दुई करोड ४६ लाख धरौटी मागेको छ। कलाधर देउजा र विनोदप्रसाद पौडेलसँग १५–१५ लाख तथा रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, धमनकुमार कार्की, गोपाल कार्की, योगराज पौडेल, नारायणराज मिश्र, अरुणकुमार श्रेष्ठ र लोकहरि घिमिरेसँग जनही सात लाख ५० हजार धरौटी माग गरिएको छ ।

त्यस्तै शिवजी भट्टराई र ध्रुवप्रसाद अर्यालसँग तीन लाख ३० हजार, बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन र संजय महर्जनसँग जनही एक लाख १० हजार धरौटी मागिएको छ। अदालतले तुलाधरलाई भने साधारण तारेखमा छाड्न आदेश दिएको छ।