People walk through a flooded road after they moved out from their houses in Biyagama, Sri Lanka May 17, 2016. REUTERS/Dinuka Liyanawatte

काठमाडौँ, ११ साउन । तिब्बती क्षेत्रबाट आएको वायुको ठूलो ढिक्काका कारण केही दिन नेपालको पश्चिमी क्षेत्रमा भारी वर्षा हुने र यसबाट बाढी, पहिरो र डुबानको समस्या हुनसक्ने भन्दै मौसमविद्ले सचेत रहन आग्रह गरेका छन् । एक हप्तायता लगातार वर्षा हुँदा पूर्वदेखि पश्चिमका सबै भागमा यसको असर परिरहेको छ । नेपालको वायुमण्डलबाट मनसुनी वायुको रेखा दक्षिण भारततर्फ सरेको र त्यसका स्थानमा तिब्बतबाट अर्को वायुको ठूलो ढिक्का नेपाली वायुमण्डलमा प्रवेश गरेकाले पश्चिम नेपालतर्फ अझै लगातार भारी वर्षा हुने अनुमान गरिएको छ ।

People walk through a flooded road after they moved out from their houses in Biyagama, Sri Lanka May 17, 2016. REUTERS/Dinuka Liyanawatte
फाइल तस्वीर

मौसमविद् समिर श्रेष्ठका अनुसार काठमाडौँदेखि पश्चिमका भागमा आउँदो बिहीबारसम्म लगातार पानी पर्ने सम्भावना छ । भारी वर्षाले गर्दा पश्चिम नेपालमा बाढी, पहिरो र डुबान हुनसक्ने सम्भावना बढेको छ । यस्तो बेला सबैले सचेत र सजग रहनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पश्चिमी क्षेत्रमा आएको बाढीले नवलपरासी, कपिलवस्तु, बाँके, बर्दिया र कैलालीका दर्जनौँ बस्ती डुबानमा पारेको छ । डुबान सुक्न नपाउँदै पुनः भारी वर्षा हुने सङ्केत देखा परेपछि विभागले पश्चिमी क्षेत्रका नदी किनारका बस्ती र होचो क्षेत्रका बासिन्दालाई पनि सचेत रहन आग्रह गरेको छ ।।