इन्द्रेणी संवाददाता 

तुलसीपुर ११ साउन । खोलाले बगाउँदा तुलसीपुरमा एक जना महिलाको मृत्यु भएको छ । अविरल वर्षासंगै हात्तिखौवा सोतामा आएको बाढीले बगाउँदा तुलसीपुर ४ नयाँबस्ती निवासी ६५ बर्षीया कमला नेपालीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाँईले जानकारी दिनु भएको छ ।

12
फाइल तस्वीर

कमलालाई गएराति नै हात्तिखौवा सोताले बगाएको थियो । परिवारजनका अनुसार सौच गर्न निस्किएको समयमा घर नजिकको हात्तिखौवा सोतामा चिफ्लिएर खस्न पुगेको अनुमान गरिएको छ । कमलाको शव आज विहान साढे ६ वजेतिर झन्डै डेढ किलोमिटर दक्षिण तुलसीपुर ६ गाईडहरमा फेला परेको हो । स्थानीयहरुले नेपालीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शव पोष्टमार्टमपछि आफन्तीको जिम्मा लगाइएको छ ।