नयाँ सरकार गठनका लागि दलहरुबीच कसरत सुरु भएसँगै मधेसी मोर्चा सरकारमा जाने नजाने विषयमा पनि चर्चा सुरु भएको छ । संविधानप्रति असन्तुष्टी जनाउँदै आन्दोलनरत मधेसी मोर्चा सहितको संघिय गठबन्धनका नेताहरुले कांग्रेस–माओवादी गठबन्धनले माग पूरा गर्ने लिखित प्रतिबद्धता नजनाए सम्म सरकारमा नजाने बताएका छन् ।

Laxman-Lal-Karna-madeshi-leder1गठबन्धनको घटक दल सद्भावनाका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले कांग्रेस–माओवादी केन्द्रबीच बनेको नयाँ गठबन्धनले आफूहरुले उठाएका जायज मागवारे अहिलेसम्म वचनवद्धता मात्रै व्यक्त गरेकाले पर्ख र हेरको रणनीतिमा मधेसी मोर्चा रहेको स्पष्ट पार्नुभयो । राजधानीमा आज भएको एक कार्यक्रममा बोल्दै कर्णले आफूहरुले सारेका मागहरु सम्बोधन गर्ने लिखित प्रबितद्धता नआएसम्म सरकारमा सहभागी नहुने र नयाँ प्रधानमन्त्री चयन गर्दा भोट पनि नहाल्ने बताउनुभयो ।

अब बन्ने नयाँ सरकारले मोर्चाले अघि सारेका महत्वपूर्ण चार बुँदे आन्दोलनमा घाईते भएकाहरुलाई औषधी उपचार गर्ने, मुद्धा फिर्ता लिने, बन्दीहरुलाई तत्काल रिहाई गर्ने, सहिद घोषणा गर्ने र निश्पक्ष न्यायिक छानविन आयोग गठन गर्ने लगायतका लिखित प्रतिबद्धता आए सरकारमा जाने बारे निर्णय गर्ने कर्णको भनाई छ ।