नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन सम्पन्न गर्न समिति गठन गर्नु भएको छ । पार्टी केन्द्रीय सदस्य प्रकाशशरण महतको संयोजकत्वमा देउवाले आज पाँच सदस्सीय समिति गठन गर्नु भएको हो ।

Sher-Bdr-Deubaसभापति देउवाले आज पार्टीका नेताहरुसँग परार्मस गरी केन्द्रीय सदस्यहरु किशोरसिंह राठौर, गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य रहेको समिति गठन गर्नु भएको हो ।

नेविसंघको महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई यथासक्य सहयोग गरेर आवश्यक निर्देशन समेत गरेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेविसंघले आगामी साउन २३ देखि २५सम्म काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।