एजेन्सी । अस्ट्रेलियाको क्वीन्सल्याण्डको तट नजिकै एक सैन्य हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा चार जना बेपत्ता भएका छन् ।
लिन्डम्यान टापुमा अस्ट्रेलिया र अमेरिकी सेनाबीच भएको रात्रिकालीन सैन्य अभ्यासका बेला हेलिकप्टर र्घटना भएको बीबीसीले जनाएको छ । घटना स्थानीय समय अनुसार गएराति साढे १० बजे भएको थियो ।
अष्ट्रेलियाका रक्षामन्त्री रिचार्ड मार्ल्स ले तत्कालै खोजी तथा उद्धारको काम सुरु गरिएको जानकारी दिएका छन् ।
