दाङ । दाङ प्रहरीले १७ किलो चित्तलको सुकुटीसहित तीन जनालाई पक्राउ गरेको छ । आइबार साँझ चेकजाँचका क्रममा घोराही–लमही सडकखण्डको कुइरेपानी जंगलमा उनीहरुलाई दुई वटा मोटरसाइकलमा आउदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ पर्नेहरुमा दाङकै लमही ६ बस्ने ४५ वर्षका नरबहादुर कुमाल, गढवा गाउँपालिका ६ बस्ने ३० वर्षका मजोज थापा मगर र सोही ठाउँका ३१ वर्षका करण केसी रहेका छन् । लमहीदेखि घोराहीतर्फ आउन लागेका रा २ प ६१९५ र बा ९१ प ११०७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १७ केजी चित्तलको सुकुटी सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमले जानकारी दिएका छन् । उनीहरुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय दाङमा पठाइएको छ ।











