घोराही । नेपाल रेडक्रसोसाइटी घोराही उपशाखा दाङले डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रम गर्ने भएको छ ।
उपशाखा सभापति थम्मन चौधरीको अध्यक्षतामा आज घोराहीमा वसेको वैठकले गर्मी र वर्षायाममा लाग्ने डेङ्गु रोकथाम र नियन्त्रणका लागि घोराहीका दुइ स्थानमा सचेतना कार्यक्रम गर्ने निर्णय गरेको हो ।
वैठकले श्रवण १५ गते दिउसो २ वजे घोराही स्थित अटो भिलेजमा कार्यरत व्यवसायी र सोही दिन दिउसो १२ वजे रेडक्रस घोराही उपशाखा कार्य समिति तथा उपसमितिका लागि डेङ्गु रोकथाम र नियन्त्रण सम्वन्धी सचेतना कार्यक्रमको आयोजना गरिएको सचिव इन्द्र वहादुर विसीले जानकारी दिए ।
