दिपक बोहरा 

तुलसीपुर १० साउन । बिप्लप निकट नेकपा माओवादीले गरेको बन्दले गर्दा नागरिकको आज दिनभरीको जनजिवन प्रभाबित भएको छ । बिहान ५ बजे देखी सवारी साधन तथा बजार पुर्ण रुपमा ठप्प भएपछि दैनिकी कष्टकर बनेको हो । बिप्लप माओवादीले आज बजार , रिक्सा सहित सबै सवारी साधन बन्द गरेको थियो । जस्ले गर्दा नागरिकको दैनिकी झनै कष्टकर बनेको हो । यो भन्दा अघिका बन्द कर्ताले सबै प्रकारका रिक्सा संचालन गर्न दिएको भएपनि आजको बन्दमा भने रिक्सा समेत संचालन गर्न दिएको थिएन् । जस्ले गर्दा एक ठाउ बाट अर्को ठाउमा जाने यात्रुलाई समस्या थपेको थियो ।

13819528_1740959919492300_1865516428_nबन्दले दिनभर परिश्रम गरेर साँझ बिहान पेट पाल्ने श्रमिकलाई झनै समस्या परेको छ । दिनभर अटो रिक्सा चलाएर जिवीका चलाएका तथा चोक चोकमा पोलेका मकै बेच्ने श्रमिकलाई बढि मारमा पारेको उनीहरु बताउछन् । दिनभर रिक्सा चलाउने हो भने ८ सय देखी १ हजार रुपैया आम्दानी हुन्थ्यो तर आज बन्द भएकाले त्यो आम्दानी गुम्यो एक रिक्सा चालकले बताए ।

त्यस्तै तुलसीपुर बजारमा बिगत ३ बर्ष देखी मकै पोलेर बेच्दै आएकी बरुवागाउँकि रुपा परियारले अन्य दिनमा जति मकै बिक्रि गरेर आम्दानी गर्नु हुन्थ्यो त्यति आज गर्न नसकेको दुखेसो पोख्नु भयो । पालेका मकै बिक्रि गरेर जम्मा भएको रुपैयाले दैनिकी चलाउदै आउनुभएकी उहाँले आफुहरु जस्ता श्रमिकलाई बन्दले निकै मारमा पारेको बताउनुभयो । त्यस्तै बिगत ८ बर्ष देखी तुलसीपुर बजारमा मकै पोलेर बेच्दै आउनुभएकी बरुवागाउँकै गिता नेपालीलाई पनि आजको बन्दले त्यस्तै समस्या पा¥यो । बन्दले गर्दा आफुले अन्य दिन जति कै मकै बिक्रि नहुदा आफ्नो दैनिकि प्राभाबित भएको उहाँको भनाई थियो । बन्दले गर्दा आफु जस्ता कडा श्रम गरि दैनिकि चलाउनेका लागी धेरै समस्या हुने गरेको भनाई उहाँको थियो ।

त्यस्तै बन्दले गर्दा एक ठाउबाट अर्को ठाउमा जाने यात्रुहरु पनि मारमा परेका थिए । तुलसीपुरका शेर बहादुर बिक बिहानै उठेर आफ्नो ब्यक्तिगत कामको लागि घोराही जाने सोचमा हुनुहुन्थ्यो । तर दिनभर कुनै सवारी साधन संचालन नहुदा उहाँको काम आज त्यसै रोकिएको उहाँले बताउनुभयो । शेरबहादुर जस्ता कयौ नागरिकलाई यस्ता बन्दले निकै समस्यामा पार्ने गरेका छन् । यसरी हुने गरेका बन्दले नागरीक मारमा परिरहदा पनि बन्द गर्ने प्रबृति अझै नरोकिएको प्रति नागरिकहरु आक्रोसित पनि भएका छन् । यसरी श्रम गरि दैनिकी चलाउने नागरिकहरुका यस्ता पिडा बन्दकर्ताहरुले कहिले बुझ्ने ? समस्याको सामाधान बन्द हो र रु भन्ने प्रश्न चिन्ह पटक पटकको बन्दको मार खेपेका नागरिकहरुले लगाउदै आएका छन् । यस्तै श्रमिकहरुको आवाज पनि बन्द कर्ताले सुन्नु पर्ने बेला आएको सरोकारवालाले बताएका छन् ।।