सर्लाही । सर्लाहीमा एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

हरिवन नगरपालिका ५, घुर्कौलीमा शुक्रबार स्थानीय ३५ वर्षीय रामभरोस महतोले श्रीमती ३० वर्षीया नैनकुमारी महतोलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेका हुन् ।

महतोले घरायसी विवाद हुँदा आवेशमा आई श्रीमतीमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । छिमेकीका अनुसार महतो दम्पतिबीच यसअघि देखि नै घरायसी झगडा हुँदै आएको थियो ।