काठमाडौँ । अभिनेता सारुक ताम्राकारले आत्महत्या बिहीबार साँझ गरेका छन् । उनले रातोपुल स्थित आफ्नै निजी निवासमा आत्महत्या गरेको बताइएको छ ।
फिल्मका प्रोडक्सन म्यानेजर अरुण रेग्मीका अनुसार ताम्राकारले घरको छिडिमा घाटीमा पासो लगाएर आत्महत्या गरेका हुन् । बुबा आमसँगै बस्दै आएका उनले बाबुआमा बाहिर पार्टीमा गएको समय आत्महत्या गरेको बताइएको छ ।
उनी पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘ह्यासट्याग माया’मा अभिनयरत थिए ।
फिल्म हाल छायाङ्कनरत छ । फिल्मको मुख्य अभिनेता समेत रहेका उनी बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए । सारुको शवलाई पोष्ट मार्टमका लागि राती नै टिचिङ अस्पताल महारानगञ्ज लगिएको छ ।
