इन्द्रेणी संवाददाता

काठमाडौं, १७ असार । यस बर्षको एसएसईई परीक्षाको नतिजा यहि शुक्रबार सम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसएसईई) को नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी गरेको हो ।

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार अहिले परीक्षाफल प्रकाशनको अन्तिम कामहरु भइरहेको  छ ।