इन्द्रेणी संवाददाता

दाङ,५ असार । मोटरसाइकल दुर्घटना हुँदा दाङमा एक जनाको ज्यान गएको छ । मोटरसाइकल दुर्घटना परि ज्यान गुमाउने स्वास्थ्यकर्मीको भएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउने दाङ शान्तिनगर गाउँपालिका–७ खैरेनीका ३३ वर्षीय ताराप्रसाद बिक रहेका छन् । मृत्यु हुने विक स्वास्थ्य चौकी राजपुरका निमित्त प्रमुख हुन् ।