विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्न सकेनन् । योसँगै कोशीमा एमाले नेतृत्वको सरकार ढलेको छ।

कोशीमा पनि एमालेको प्रदेश सरकार ढलेपछि एमाले सबै प्रदेश सरकारबाट बाहिरिएको छ । अन्य प्रदेशमा यस अघि नै एमालेको सरकार ढलिसकेका थिए ।

कोशीमा एमाले नेतृत्वको सरकार ढलेपछि गठबन्धन दलका नेताहरुले प्रतिक्रिया दिँदै बहुमतको सरकार ल्याउने दाबी गरेका छन् ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश प्रमुखले नयाँ सरकारको निम्ति आह्वान गरेपछि गठबन्धनको तर्फबाट बहुमतसहित मुख्यमन्त्रीको सरकारको दाबी गर्ने बताए ।