काठमाडौं । पप्पु कन्स्ट्रक्शनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । प्रहरी वृत्त बानेश्वरको टोलीले रौनियारलाई ठगीसम्बन्धी कसुरमा किटानी जाहेरीका आधारमा आज शुक्रवार पक्राउ गरेको हो ।

रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भए पनि काठमाण्डौमा बस्ने भएकाले रौनियार पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर काठमाण्डौलाई अनुरोध गरिएको थियो ।

सोही किटानीका आधारमा उनलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए । रौनियार पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित पूर्वसांसद्समेत हुन् ।