काठमाडौ । सबै पालिकाहरुले आज नयाँ आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दैछन् ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकाहरुले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजश्व र व्ययको अनुमान गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । सोही अनुसार पालिकाहरुले बजेट ल्याउन लाष्ेको हुन् । कूल ७ सय ५३ वटा पालिकामध्ये १२ वटा पालिकाहरुले बजेट पेस गरिसकेका छन् । बाँकी पालिकाले आज सार्वजनिक गर्ने छन् ।

असार १० गतेभित्रै सबै पालिकाले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।