गोरखा । गोरखामा जन्ती बोकेको जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

शहिद लखन गाउँपालिका ३ सिलिङ कोटगाउँबाट शहिद लखन गाउँपालिका ५ पोखरी डाडाँ जन्ती फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा जीप दुर्घटना भएको हो ।

गोरखा प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार अहिलेसम्म ५ जनाको शव भेटिएको र खोजी जारी रहेको जानकारी दिए। मृत्यु हुनेमा ४ पुरुष र एक महिला रहेका । अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

घटना स्थलबाट २ जनाको सकुशल उद्दार गरिएको छ भने १२ जना घाइतेलाई उपचारको लागि तनहुँको खैरेनीमा पठाइएको छ। गए राति प्रदेश ३ ०१–०२३ स २४ २७ नम्बरको जीप दुर्घटना भएको हो । घटनाको थप विवरण आउन बाँकी छ।