काठमाडौं । संसद नियमावली अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुका प्रश्नको उत्तर दिने भएका छन्।
नियमावली अनुसार हरेक महिना प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम हुने व्यवस्था अनुसार प्रचण्डले आज प्रश्नको उत्तर दिन लागेका हुन्।
बैठकमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालयको बजेट शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले सार्वजनिक गरेको छ।
