काठमाडौँ । अविरल वर्षाका कारण गएराति आएको पहिरोमा परेर ओखलढुङ्गामा चार जनाको ज्यान गएको छ भने २५ बढी घर बगेका छन् ।

चम्पादेवी गाउँपालिका ८ गुरुङ बस्तीमा पहिरो जाँदा चार ज्यान गएको हो । गए राती ११ बजे गएको पहिरोले २५ बढी घर समेत बगाएको छ । पहिरोमा परी २० भन्दा बढी चौपाया समेत बगाएको वडा नम्बर ८ का अध्यक्ष खड्गबहादुर राउतले बताए ।

पहिरोमा परी मृत्यु हुनेमा एकै परिवारका चार जना छन् । मृतक मध्ये ३८ वर्षीय बुवा रणबहादुर गुरुङ, २९ वर्षीया आमा शिवमाया गुरुङ र १८ महिनाको छोरी कविता गुरुङको शव निकालिएको छ भने १० वर्षीय छोरा दिनेश गुरुङको शव निकाल्ने प्रयास भई रहेको छ । रातीबाटै नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित स्थानीयहरू शव निकाल्न र उद्धारमा खटिएको छ ।