काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलेजिष्ट ५० हजार घुससहित पक्राउ गरेको छ । आज शुक्रबार काठमाडौं प्रयोगशालामा कार्यरत अधिकृत छैटौं तह लेखानाथ भट्टराईलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता भोला दाहालले अधिकृत भट्टराईले ५० हजार घुस लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरेको बताएका छन् ।
भट्टराईले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनेर सेवाग्राहीसँग घुुस मागेको आरोप छ । भट्टराईलाई ५० हजार घुससहित काठमाडौं ३१ शंखमुलबाट पक्राउ गरिएको हो ।
