काठमाडौं- केही दिनयता तराईका भूभागमा गर्मी अत्यधिक बढिरहेको छ। जसका कारण तातो हावा (लु) चलिरहेको छ। तराईका भूभागमा अझै केही दिन अधिकतम र न्यूनतम तापक्रम नघट्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षा भइरहेको महशाखाले जनाएको छ।
