इन्द्रेणी संवाददाता
दाङ, १० साउन
दाङमा वन्दको कार्यक्रममा सहभागी भएका विप्लव माओवादीका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । घोराहीवाट ६ जना र तुलसीपुरवाट ९ जना गरी १५ जनालाइ प्रहरीले गिरफ्तार गरेको हो ।
घोराहीवाट अनिल केसी, शिवराम हतरा, मनोज केसी, विवस विसी, टेकेन्द्र रोका र निर्मल विक, तुलसीपुरवाट तिलक योगी, सुदर्शन विक, हेमन्तप्रकाश वली लगाएतलाइ प्रहरीले गिरफ्तार गरेको अखिल क्रान्तिकारी दाङका अध्यक्ष हेमज्त जिसीले जानकारी दिनुभयो ।
सरकारले सर्लाहीको ढुंगेखोला ८ धरहरामा अवस्थित सुकुम्वासी वस्तीमा व्यापक दमन गरिरहेको विरोधमा विप्लव माओवादीले आज नेपाल वन्दको आह्वान गरेको हो ।
माओवादीले सुमुम्वासी वस्तीमा प्रहरीले दमन गर्दै ३६ जना सुकुम्वासीहरुलाइ घाइते वनाएको, व्यापक गिरफ्तार र धरपकड गर्ने गरेको, सुकुम्वासीको खेतवारीमा लगाईएको अन्नवालीमा ट्याक्टर, डोजर लगाएर नष्ट गरेको भन्दै त्यसको विरुद्धमा नेपाल वन्दको गर्नुपरेको वताएको छ ।
आज विहान ५ वजेदेखि वेलुुकी ५ वजेसम्मको वन्दमा यातायात, कलकारखाना, शिक्षण संस्था, वजार सवै वन्द रहेका छन । दाङमा वन्दको प्रभाव विहानैदखि परेको छ ।।