दाङ, १० साउन
दाङमा अविरल वर्षापछि आएको वाढीले वगाँउदा एक वृद्धाको ज्यान गएको छ । तुलसप्ीपुरको हात्तिखौवा सोतामा आएको बाढीले बगाउँदा तुलसीपुर–४ नयाँबस्ती निवासी ६५ बर्षीया कमला नेपालीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
कमलालाई गएराति नै हात्तिखौवा खोताले बगाएको थियो । परिवारका अनुसार सौच गर्न निस्किएको समयमा घर नजिकको हात्तिखौवा सोतामा उनी चिफ्लिएर खस्न पुगेको अनुमान गरिएको छ ।
कमलाको शव सोमवार विहान साढे ६ वजेतिर झन्डै डेढ किलोमिटर दक्षिण तुलसीपुर ६ गाईडहरमा फेला परेको हो । स्थानीयहरुले नेपालीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शव पोष्टमार्टमका लागि राप्ति अञ्चल अस्पताल तुलसीपुरमा राखिएको छ ।।
