हर्क घर्तीमगर
रोल्पा, १० साउन
रोल्पा जैमाकसलाका आमा समुहमा आवद्ध महिलाहरु सरसफाइ मात्र नभइ समुहलाइ आर्थिक रुपमा पनि बलियो बनाउदै लगेका छन् । उनिहरुले नियमित मासिक रुपमा संकलन गर्ने कोष बाहेक देउसी भैलो खेलेर सामुहिक श्रम गरेर पनि रकम संकलन गर्ने गरेका छन् । यसरी संकलन भएको रकम आप्ने समुहका आबश्यक पर्ने सदस्यले सहुलियत व्याजदरमा चलाउने र नियमानुसार लाग्ने ब्याज सहित भुक्तानि गर्ने गरेका छन् । यसरी संकलन भएको रकम जैमाकसला ३ थनबाङको स्वास्थ्य आमासमुहमा लगभग १ लाख र जैमाकसला ४ पोबाङको
स्वास्थ्य आमासमुहमा १ लाख ५० हजार रपैया पुगेको छ ।
२०५१ सालमा गठन भएको थनबाङको स्वास्थ्य आमासमुहमा अहिले २५ जना आमाहरु संगठिन छन भने २०५३ सालमा गठन भएको पोबाङको आमा समुहमा पनि २५ जना आमाहरुनै संगठिन छन् ।
कोषमा संकलन भएकोे रकम ऋणमा मात्र लगानि गर्दैनन निम्न आए भएका र आपत विपतमा भएका परेकाआमा तथा नवजात शिसुलाइ समेत सहयोग गरेका छन् ।
जैमाकसला ३ थनबाङका तिम्लीया बच्चा जन्माउने ललिता विष्टलाइ यहि कोषबाट बच्चाको स्याहार सुसारका लागि भनेर समुहको निर्णय बमोजिम रु २ हजार पाँच सय रुपैया सहयोग गरेको थनबाङका महिला स्वयम सेविका लिउला खत्रिले बताउनु भयो ।
नियमित रुपमा समुहमा स्वास्थ्य सरसफाइ,परिवार नियोजन,स्वस्थ खानेपानि,नियमित खोप, पोषण तथा गर्ववति जाच सम्बन्धि छलफलमा रहेका समुहलाइ नेपाल रेडक्रस सोसाइति जिल्ला शाखा रोल्पाको आयोजना तथा नेपाल रेडक्रस सोसाइति सिइएचपि नेपाल गञ्जकोसहभागितामा सन्चालित सामुदायिक स्वास्थ्य खानेपानि सरसफाइ तथा स्वच्छता कार्यक्रम आइसकेपछि भने झनै सहज र सजिलो हुने गरेको छ ।
उनिहरुको नियमित क्रियाकलापमा सहकार्यको रुपमा सहभागि भएको कार्यक्रमका गाविस संयोजक विनोद बहादुर बुढामगरले बताउनु भयो । कार्यक्रमको तर्फबाट स्वास्थ्य आमासमुहका पुर्ण सरसफाइ सम्बन्धी सचेटनाका कुरा सिकाउनुका साथै शुरक्षित मातृत्वकोषका लागि ५÷५ हजारका दरले सबे समुहलाई दिएको पनि बुढामगरले जानकारी दिनु भयो ।।