अभिषेक बोहरा

बिहान ८ बजे नै विद्यालयको गेट खुल्छ, डिउटी अनुसारका शिक्षक कर्मचारीहरु बिद्यालय आइसकेका हुन्छन, अनि सुरु हुन्छ बिद्यार्थी आउने क्रम । आकर्षक पोशाकमा सजिएका बिद्यार्थीहरु सुसभ्य तरिकाले बिद्यालय प्रवेश गर्छन । बिद्यालय परिसरमै रहेको सरस्वती मन्दिरमा प्रार्थना गर्छन, आफ्नो कक्षा प्रवेश गरेर झोला राख्दछन, अनि सुरु हुन्छ आफ्नो रुची अनुसारको क्रियाकलाप । कोहि खेल, कोहि संगीत, कोहि योगा त कोहि अन्य अतिरिक्त क्रियाकलापमा जोडिन्छ ।

टोल छिमेकमा हुने विभिन्न संस्कारका कामहरुमा आफ्नो छोरालाई लिएर जाँदा छोराले समुदायका मानिस संग प्रदर्शन गर्ने व्यावहारले आफु निकै प्रशन्न हुने गरेको बताउछिन अभिभावक सीता शर्मा । आफ्नो छोराको उमेरका समुदायका बालबालीकाले दर्शाउने व्यावहार र आफ्नो छोराले प्रदर्शन गर्ने व्यावहार अत्यन्तै फरक भएको उनको भनाइ रहेको छ । समाजमा हुने विभिन्न सामाजिक संस्कार, संस्कृतिका कामहरुमा सहभागी हुँदा छोराले देखाउने व्यावहारले आफन्त नातागोता सबैले कस्तो संस्कारी बालक भनेर प्रशंसा गरेको सुन्दा उनलाई आनन्दानुभुती हुने गरेको उनको भनाइ छ ।

आफुले जीवनभर गर्ने दुख आफ्ना सन्तानका लागि नै त हो भन्दै उनि भन्छन– हाम्रा सम्पति भनेका हाम्रा छोराछोरी हुन्, हामीले जीवनमा जति सम्पति कमाएपनि छोराछोरी सभ्य र सु–संस्कृत भएनन् भने भविष्यमा सम्पतीले केहि काम गर्दैन त्यसैले छोराछोरीको भविष्यका लागि मैले अहिले नै लगानी गरेको छु । अहिले गरेको लगानीले मेरो छोरोमा आएको परिवर्तनले मा अत्यन्तै खुसि छु ।

यस्तै आफ्नो छोराछोरीले बिद्यालयमा सिकेको व्यावहारिक ज्ञानले आफु निकै खुसि रहेको अर्की अभिभावक मनीषा भण्डारी बताउछिन । सभ्यता पाठशालाबाट उनको छोरीले अहिले कक्षा १ र छोराले कक्षा ४ को  वार्षिक परीक्षा दिएका छन् । आफ्ना छोराछोरीका लागि सभ्यतामा गरेको लगानीले उनलाई आनन्दानुभुती हुने गरेको छ ।

उनि भन्छिन– मैले मेरा छोराछोरी पढाउनका लागि उचित समयमा उचित विद्यालय रोजेकोमा मलाई गर्व छ । मेरा छोराछोरीले सभ्यतामा पढाइ मात्र होइन वास्तवमै संस्कार संस्कृति र सभ्यता नै सिकेका छन् । म आफै लामो समय शिक्षण पेसामा आबद्ध भएकाले होला मैले आफै पनि बालबालिकाको मनोविज्ञान बुझ्न सक्दछु । नेपालको परिवेशमा केन्द्रित रहेर संस्कार, संस्कृति र सभ्यता संगै अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने योग्य नागरिक सभ्यताले तयार गर्नेमा म विश्वस्त छु । मैले त मेरा सम्पूर्ण आफन्तलाई सभ्यतामै पठाएको छु ।

यस्तै सभ्यताकै अर्की अभिभावक इन्दु पोख्रेलको पनि आफ्ना बालबालीका पढाउनका लागि सभ्यता रोजेकोमा आफुलाई खुसि लागेको भनाइ छ । सभ्यतामा सिक्ने व्यावहारिक सीपले उनि सन्तुष्ट रहेको बताउदै पोख्रेल भन्छिन– ’बालबालीका सिक्ने उमेर यहि हो यहि उमेरमा संस्कार , संस्कृति र सभ्यता संगै व्यावहारिक रुपमा सिप सिकेका छन् सन्तानका लागि हामीले गरेको शिक्षाको लगानीले हामी सन्तुष्ट छौं ।’

सभ्यता कै अर्का अभिभावक हुन् के बि घर्ती । पहिलो कुरा त सभ्यता नाम नै मन परेर आफुले बिद्यालयमा आफ्नो नाति भर्ना गरेको उनि बताउछन । पछिल्लो पुस्तामा संस्कार, संस्कृति र सभ्यता नै हराउदै गैरहेको बेला यी तीन कुरा सिकाउने स्लोगन सहित बजारमा आएको सभ्यताले पक्कै पनि फरक कुरा सिकाउने उनको अनुमान थियो । नभन्दै विद्यालय प्रवेश पछी आफ्ना बालाबालीकाहरुमा आएको सकारात्मक परिवर्तनले आफु खुसि भएको उनको भनाइ रहेको छ । विद्यालयमा पसेर व्यावहारिक तथा अन्य विषयमा पनि समयसमयमा आफुले सुझाव प्रदान गरेको उनको भनाइ छ ।

यी त भए सभ्यताका प्रतिनिधि मुलक अभिभावक । सभ्यताका सबै जसो अभिभावकहरु आफ्ना सन्तानको शिक्षाका लागि सन्तुष्ट रहेको र संस्कार, संस्कृति र सभ्यता हाम्रो प्रतिबद्धता भन्ने मूल मन्त्रका साथ दाङमा रहेर व्यावहारिक शिक्षा प्रदान गर्न थालेको सभ्यता पाठशालाले बिद्यालयमा रहेका सम्पूर्ण बालबालीकालाई यी तीन कुरा सहितको सिप सिकाएर पूर्ण मानब बनाउनका लागि अहोरात्र लागिपरेको बिद्यालयका प्रिन्सिपल चेतमान घर्तीको भनाइ छ ।