इन्द्रेणी सम्बाददाता
शिक्षा क्षेत्रमा लागिपरेको शैक्षिक समूहले चलाएको यो मन्टेश्वरी स्कुल बालबालिका लाई आधुनिक तथा बैज्ञानिक शिक्षाका लागि निकै राम्रो मानिन्छ। दाङ घोराहीको काठेकोलमा अबस्थित यसको मन्टेश्वरी भवन निकै शान्त तथा आरामदायक वातावरणयुक्त छ। अगाडिपट्टि हरियो बगैंचामा बालबालिकाहरू मन खोलेर खेल्न सक्छन्।
यो स्कुलले १८ महिनादेखि ७ वर्षका विद्यार्थीलाई भर्ना लिन्छ। स्कुल बिहान ९ बजेदेखि ४ बजेसम्म संचालन हुन्छ । यो स्कुलले विश्वव्यापी मान्यता पाएको मन्टेश्वरी शिक्षा प्रदान गरिरहेको छ। यहाँ बालबालिकाहरूलाई निकै रमाइलो तथा बुझ्न सक्ने गरी कुनै पनि विषयमा जानकारी दिइन्छ। भन्छन विद्यालयका म्यानेजिङ डाइरेक्टर लोकबहादुर बिसी ।
यस्तै विद्यालयकी प्रिन्सिपल रन्जना पछाईले यो क्षेत्रमा एकदमै नयाँ र आधुनिक तरिकाले बालबालिकाहरुलाई सिकाउने कुरा बताउछिन उनि भन्छिन -” यो स्कुलले विद्यार्थीहरूको इच्छा, चाहना, रुचि र सामाजिक तथा राष्ट्रिय आवश्यकता बुझेर नयाँ तथा आधुनिक बिधिबाट सिकाउने काम गर्छ। हरेक विषय खेल बिधिबाट रमाइलो पाराले सिकाउँदा बालबालिकाहरूले उत्साहित भएर सिक्छन् र त्यो सिकाइ चिरकाल सम्म रहिरहन्छ । यहाँ बालबालिकाहरुलाइ शिक्षकले मार्ग निर्देशकको रुपमा भुमिका खेल्ने र सदैव सिकाइ तर्फ प्रोत्साहित गरिने भएकाले बालबालिकाहरू कुनै पनि विषयमा सवाल९जवाफ गर्न डराउँदैनन्। यहाँ कक्षा कोठामा विद्यार्थी संख्या थोरै राखिन्छन त्यसैले प्रत्येक विद्यार्थीलाई राम्रो हेरचाह पुग्छ। यहाँ बालबालिकाहरूको चौतर्फी विकासका लागि तयार गरिएको मिश्रति पाठ्यक्रमलाई पछ्याइएको छ। ”
यसरी तयार गरिएको पाठ्यक्रमअन्तर्गत वायुमण्डल, प्राकृतिक विज्ञान, मानव अनुभव, आर्ट, इतिहास, संस्कृति, नैतिक शिक्षा, आर्थिक तथा विज्ञानका विषयमा फरक९फरक तरिकाले अध्यापन गराइन्छ। यो स्कुलले विविध प्रकारका मटेरियल तथा टुल्स प्रयोगमा ल्याउँछ जसले गर्दा विद्यार्थीहरूले आफूलाई चाहेको मटेरियल छानेर प्रयोगमा ल्याउँछन्। स्कुलमा सबै शिक्षक तालिम प्राप्त भएकाले दक्ष छन्। शिक्षकहरूको विशेष भूमिकाका कारण विद्यार्थीहरू बुझ्न, सिक्न तथा नयाँ काम थालनी गर्न सक्षम बन्छन्। यहाँ विद्यार्थी तथा शिक्षकका हरेक गतिविधि सिसि क्यामरा बाट समेत अबलोकन गरिन्छ। यश बिद्यालयमा प्रत्येक हप्ता अतिरिक्त क्रियाकलाप बनाइन्छ यश अन्तर्गत भिज्युअल आर्ट, म्युजिक, डान्स, आर्ट एण्ड क्राफ्ट, डिभेड , स्पिच , स्टोरी टेलिङ जस्ता अतिरिक्त क्रियाकलाप बनाएर बालबालिकाहरुको अन्तर्निहित क्षमताको प्रस्फुटन गराउन उपयुक्त बाताबरण सृजना गरिने कुरा बताउछ एम डि लोकबहादुर बिसी पश्चिम नेपालमा उत्कृष्ट स्कुल युनाइटेड मन्टेश्वरीपश्चिम नेपालमा उत्कृष्ट स्कुल युनाइटेड मन्टेश्वरी यसैगरि बालबालिकाहरुका लागि सुबिधा सम्पन्न बाल्मैत्री सवारी साधन, स्तरीय मन्टेश्वरी ल्याब तथा दक्ष तथा तालिम प्राप्त शिक्षिका द्वारा यहाँ उत्कृष्ट शिक्षा दिइन्छ।
