भाषा जनजिव्रो हो । वोल्ने र लेख्ने शैली हो । सञ्चारको माध्यम हो । शव्द र वाक्यको संयोजन हो । उच्चरित ध्वनि वा लेख्यचिह्नहरुको प्रयोग गरी समुदायमा विचार आदान प्रदान गर्न प्रयोग गरिने प्रचलीत माध्यम भाषा हो । जातीय र भू–विविधताले भाषामा अनेकता ल्याउने गर्दछ । हाम्रो जस्तो भू–विविधता तथा जातीय वहुरुप रहेको मुलुकहरुमा धेरै प्रकारका भाषाहरुको प्रयोग हुने गर्दछन । जातीय वाहुल्यता रहेको हाम्रो समाज र समाजमा प्रयोग गरीने भाषा स्थान आउने फरकपनले भिन्न शैलिको प्रभाववाट मुक्त रहन नसकेको देखिन्छ । भाषामा सत–प्रतिशत ध्वन्य समरुप कायम गर्न जटिल हुन्छ । यद्यपी लेख्य शैलीलाई व्याकरणले वाधे पनि समय, स्थान, प्रसंग र प्रविधिको प्रायोग अनुसार भाषामा स्वतहः परीवर्तन हुने क्रम जारी भईरहेको हुन्छ । परीवर्तन हुदैमा भाषा जटिल हुने हैन । भाषा सिकाईमा रहने जटिलता प्रतिशतको मात्रा शिकाईको शैलीमा निर्भर रहन्छ । उत्कृष्ट सिकाई शैलीको प्रयोगले कुनै जटिल विषयलाई सजिलो वनाईदीन सक्छ । परीवर्तनलाई वुझेर आफुमा प्रयोग गर्न सक्नेहरुका लागि भाषा सदैव सजिलो हुनजान्छ । परीवर्तनलाई वुझ्न नसक्नेहरुका लागि भाषा परम्परालाई धान्ने भन्दा भिन्न रहनै सक्दैन । यो अवस्थाको प्रयोगले भाषालाई जटिल वनाईदीदा भाषाको हाउगुजी रहीरहन्छ ।
ल्याटीन शव्द भ्लनष्किअको संसोधित रुप अंग्रेजी९ भ्लनष्किज ० हो जुन पाँचौ शताव्दिमा वेस्ट जर्मनीक९ ध्भकत न्भचmबलष्अ ० भाषाको रुपमा रहेको तथा व्रिटेनको एङ्ग्लो–सेक्सन९ ब्लनयि(क्बहयल ० जातीले प्रयोगमा ल्याएको मुल भाषा हो । एंग्लन९ ब्लनभ ि० राज्यका एंग्लश ९ ब्लनभिक ०जातीकोे नाम वाट नामाकरण हुदै अपभ्रशंका विभिन्न चरणहरु पार गर्दै अन्ततह भ्लनष्किज शव्दको वनोट भएको देखिन्छ । विषेशत १७औं देखि २०औं शताव्दिको विचमा यो भाषाको प्रभाव क्षेत्र ग्रेट व्रिटेन, संयूक्त राज्य अमेरीका, व्रिटिस सामराज्य हुदै विश्वमा फैलन गएको देखिन्छ । अंग्रेजी भाषा प्रयोगको मात्रा विश्वमा वढ्दो छ । विश्वमा धेरै वोलीने भाषाहरु मध्यको तेस्रो भाषा अंग्रेजी हो । यस भाषाको वढ्दो प्रयोग वाट हाम्रो मुलुक समेत टाढीन सकेको छैन ।
अंग्रेजी भाषालाई प्रमुख भाषा वनाउदै शिक्षण गर्ने व्यवस्थापन गर्नु अंग्रेजी माध्ययमको शिक्षा भन्ने वुझिन्छ । यस खालको व्यवस्थापनमा मातृ भाषा अंग्रेजी र सहायक भाषाको स्थान अन्य भाषाले लिएको हुन्छ । यसको महत्वमा रहने वृद्धि दरलाई निर्धारण यसको ज्ञान र प्रयोगको मात्राले गर्ने हो । अंग्रेजी भाषाको लहर विश्वका हरेक मुलुकमा चलेको छ । यसको लहरले विद्यालयहरुमा रहर जगाएको छ । यसै सिकोको लहर अहिले सामुदायिक विद्यालयहरुमा मौलायको छ । अंग्रेजीको बढ्दो मागको फाईदा उठाउदै संस्थागत विद्यालयहरु जन्मेका हुन । सरकारले शिक्षा क्षेत्रको व्यवस्थापन प्रति देखाएको उदासिनता र निजिक्षेत्रले यो परीवेसवाट उठाएको फाइदाले मुलुकभर आवश्यक भन्दा वेसी विद्यालयहरु संचालनमा आएका छन ।
वर्तमान अवस्था र अंग्रेजीको हाउगुजी
भाषा भन्दा वेसी समस्या प्रयोगमा देखिन्छ । यो भनेको सिकाईमा आउने समस्या हो । अंग्रेजी अर्काको भाषा भन्ने मनोविज्ञानले मात्रात्मकरुपमा भाषालाइ जटिल वानाउन ठुलो भुमिका खेल्ने गरेको छ । हामीले प्रयोग गर्दै आएको शिक्षक केन्द्रित सिकाई शैलीले अंग्रेजी भाषालाई थप जटील वनाएको छ । वर्षेनी प्रवेशिका परीक्षाको नतिजामा देखिने असफलता वृद्धिदरको प्रमुख कारक अंग्रेजी विषय वनिरहेको देखिन्छ । विद्यार्थीहरु यो भाषाको नामैले दातमा पसीना निकाल्ने गर्दछन । यद्यपि विद्यालय, शिक्षक तथा अभिभावक यो समस्याप्रति संवेदनशील नहुने हैन, तर हाल सम्म समस्याको समाधान हुनसकेको छैन । अर्को महत्वपूर्ण पक्ष अंग्रेजीको हाउगुजी सामुदायिक विद्यालयहरुमा वेसी रहेको छ ।
शिक्षण शैली
सामुदायिक विद्यालयहरुमा अंगे्रजी माध्ययमकोे इतीहास लामो छैन । केही विद्यालयहरुले नमुनाको रुपमा प्रच्छेपण गरेका छन । तर पछिल्लो दुई शैक्षिक वर्ष देखि यो रहर वनेर आएको छ । यसको अवलम्वन, सान्दर्भिकता र निम्तिने नतिजा भविश्यमा देखिने छ । संस्थागत विद्यालय स्थापनाको मुलमन्त्र भनेकै अंग्रेजी माध्ययम वाट पठनपाठन गराउनु हो । यहि नाराका साथ विद्यालयहरु स्थापना भएका हुन्छन । तर कालान्तरमा अपवाद विद्यालयहरु वाहेकका विद्यालयहरुमा शिकाइ शैलिको माध्ययम अंग्रेजीलाई नेपालीमा रुपान्तरण गर्ने शैलिमा रुपान्तर हुन जान्छन । दुर दराजका विद्यालयहरुमा रुपान्तरण प्रवृति वेसी पाईन्छ । औसत रुपमा हेर्ने हो भने निजि विद्यालयहरुमा समेत अंग्रेजी माध्ययम शिकाइको प्रयोग पूर्णरुपमा भएको छैन । र पनि अंगे्रजी भाषाको लागि संस्थागत विद्यालयहरुले अभिभावकको साथ पाईरहेका छन भने सामुदायिक विद्यालयहरुले आलोचना खेपिरहेका छन ।
अहिलेको मापक भनेकै प्रवेशिका परीक्षाको नतिजा हो । यो नतिजालाई अधार मान्दा सामुदायिक भन्दा निजि अव्वल देखिएका छन । यस अर्थमा अव निजि र सामुदायिक विच नतिजामा देखिने अन्तरको कारणलाई केलाउन आवश्यक देखिन्छ । यस परिस्थितीमा विद्यालय संरचना तर भिन्न स्वामित्वमा रहेर सञ्चालनमा रहेका विद्यालयहरुको विधिलाई नजिकवाट नियाल्न अत्यन्त सान्दर्भिक देखिन्छ ।
विद्यालयको अवस्था
विद्यार्थी मैत्रि वातावरण विद्यालयको अपरीहार्यता हो । धेरैले भन्ने गरे जसो समस्याको कारक शिक्षकहरु मात्र छैनन् । समस्या विद्यालयको भौतीक पूर्वाधारको व्यवस्थापन गर्नमा हुने असमर्थताले उव्जाएको छ । सामुदायिक विद्यालयहरुलाई ८० –९० जना विद्यार्थी वरावर एक कक्षा सञ्चालन गर्नै पर्ने वाध्यता अझै कायम रहेको छ । संस्थागत विद्यालयहरुमा यो समस्या देखिदैन । अधिकतम विद्यार्थी संख्या दर ४०–४५ संस्थागत विद्यालयहरुमा रहने गरेको पाइन्छ । हामीले सामुदायिक विद्यालयका कक्षाहरुलाई अवलोकन गरेर हेरौं । अंग्रेजीको पाठ्यक्रम लाई गहीरीएर अध्ययन गरौं । शिक्षकको सिकाई वाध्यतालाई नियालौं । यि सवैको व्यवस्थापन सामुदायिक विद्यालयहरुले गर्नसकेको अवस्था छैन । कक्षा कोठामा गरीने शिक्षण विधिलाई हेर्दा शिक्षक एकोहोर वजिरहेको हुन्छ । विद्यार्थीहरुलाई वुझेपनि नवुझे पनि सुन्नै पर्ने वाध्यता वनेको हुन्छ । हामी आफै सोचौं । वुझेर सुन्दा आनन्द आउछ । आनन्दले रमाईलोको अनभुती दीलाउछ । रमाईलो नै प्राप्ती हुन जान्छ । तर यहाँ अंग्रेजी निरस वनेर रहेको छ । एकातर्फ विषयको डिजाईन अधिकतम प्रयोग विधिवाट गरीनु अर्को तर्फ सिकाई विधिमा अधिकतम सुनाईको प्रायोग गरीनुले अंग्रेजी विषयका शिक्षक देखि विद्यार्थी सम्म, अभिभावक देखि राज्यका सरोकारवाला निकायहरु सवैकालागि टाउको दुखाई वनेको छ ।
अंग्रेजी भाषाको कक्षामा हुनै पर्ने
अंग्रेजी विषयको शिक्षण समयमा अवलम्वन गर्नुपर्ने न्यूनतम सिद्धान्तलाई एकपटक हेरौं । विद्यार्थी केन्द्रित सिकाई हुनुपर्ने । सुनेर भन्दा गरेर सिक्ने वातावरणको विकास हुनुपर्ने । विद्यार्थिहरुको सुनाई सिपको विकास गर्न सुन्न र सुनेको कुरा भन्ने वातावरणको व्यवस्थापन गर्नुपर्ने । शिक्षकले कक्षाका हरेक विद्यार्थीलाई भाषाको प्रोयोग गर्न समान अवसर प्रदान गर्नुपर्ने । शिक्षकको भुमिका शासक भन्दा मध्ययस्तकर्तामा सिमित रहनुपर्ने । कक्षा कोठामा वोलीचालीको भाषाका रुपमा अंग्रेजी भाषा मात्र प्रयोग गर्नुपर्ने । विद्यार्थीहरुलाई अंग्रेजी शव्दको अर्थ र शव्दको प्रयोग आफै गर्न लगाउने । विद्यार्थीले नसकेमा धेरै विकल्पहरु मध्ययवाट छनौंट गर्न लगाउने । सिकाई कार्यको वातावरण निरस भन्दा रमाइलो वनाउने । शिक्षणको समयमा विभिन्न प्रकारका खेल माध्ययमहरुको प्रयोग गर्ने । अंग्रजी भाषाको कक्षामा मुर्दा भन्दा जिवनको हासो हुनुपर्दछ ।
अहिले पाईएको अवस्था
सामुदायिक विद्यालयहरुमा न्यूनतम शिक्षणका पूर्वाधारहरु केही हदसम्म वाध्यता भए पनि धेरै हद सम्म पेशामाथी इमान्दार वन्न नसक्नु हो । विद्यार्थी संख्याको व्यवस्थापनमा शिक्षकको भुमिका नहोला तर धेरै र थोरैलाई तपसीलमा राख्दै भएका विद्यार्थीहरुमा विषयस्तुको ज्ञान प्रदान गर्ने वातावरणको निर्माण शिक्षकले चाहेमा हुने विषय हो । कक्षा कोठाको वातावरण, विद्यार्थीलाई प्रदान गर्ने अवसर, अंग्रेजी मैत्रि वोलीचालीकोे भाषा, शव्द ज्ञान, खेल अभ्यास जस्ता अति महत्वपूर्ण पक्षहरुको सहजै न्यूनतम व्यवस्थापन गर्नमा वाधाअवरोध स्वयं शिक्षक वाहेक दोस्रो सायदै होलान ।
संस्थागत विद्यालय तर्फ केही हद सम्म यसमा ध्यान दिईएको पाइन्छ । सामुदायिक विद्यालयमा रहने विद्यार्थी संख्याले गर्नसकिने पक्षलाई ओझेलमा पारीदिन्छ, त्यसैगरी संस्थागत विद्यालयहरुमा रहने विद्यार्थी संख्याले जानेर–नजानेर सवै पक्षहरुको अवलम्वन गर्न वाध्यता शिक्षकहरुमा रहेको हुन्छ ।
फरक
शिक्षण सिकाईका मापकहरु अवलम्वन गरेका विद्यालयहरुका उत्पादनमा खोट रहदैन । तर सवै विद्यालहरु त्यस्ता छैनन् र पनि नतिजामा अव्वल रहन्छन । साच्चिकै नतिजा धेरै ठुलो कुरा हैन । संस्थागत विद्यालयहरुको शुभारम्भ ए, बि, सि, डि वाट हुने गर्दछ, यहि कुरो सामुदायिक विद्यालयमा अध्ययन गर्नेहरु कक्षा ४ देखि अध्ययन गर्न थाल्छन । यद्यपी अहिले कक्षा १ देखि व्यवस्था गरीएको छ । अर्को पक्ष भनेको सामुदायिक विद्यालयमा अंग्रेजी वाहेक सवै नेपाली भाषामा अध्ययन गर्ने परीपाटीको विकास रहेको छ । सरदर हप्तामा ४ घण्टा अंग्रेजी भाषाको प्रयोग हुने गर्दछ । अर्को तर्फ निजि विद्यालहरुमा नेपाली वाहेकका विषयहरुको माध्ययम अंग्रेजी हुने गर्दछ । सरदर हप्ताको करीव ३० घण्टा अंग्रेजी भाषाको प्रयोग सिकाईमा मात्र निजि विद्यालयहरुमा प्रयोग हुन जान्छ । भाषा आफैमा विचित्र हुन्छ । जति धेरै यसको प्रयोग ग¥यो, उति भाषामा निखार आउने हो । यो अंग्रेजी मात्र हैन, नेपाली भाषामा समेत यहि नियम लागुहुने गर्दछ । नतिजामा देखिने फरकमा यसले धेरै प्रभाव पारेको देखिन्छ ।