इन्द्रेणी संवाददाता
दाङ, ९ साउन
नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा माओवादीले भोली नेपाल वन्दको आह्वान गरेको छ । सरकारले गत २१ गतेदेखी सर्लाहीको ढुंगेखोला ८ धरहरामा अवस्थित सुकुम्वासी वस्तीमा व्यापक दमन गरिरहेको विरोधमा भोली एकदिन नेपाल वन्दको आह्वान गरिएको माओवादी दाङका सेक्रेटरी सितलले जानकारी दिनुभएको छ ।
आज एक पे्रस विज्ञप्ती जारी गरी सितलले सुमुम्वासी वस्तीमा प्रहरीले दमन गर्दै ३६ जना सुकुम्वासीहरुलाइ घाइते वनाएको, व्यापक गिरफ्तार र धरपकड गर्ने गरेको, सुकुम्वासीको खेतवारीमा लगाईएको अन्नवालीमा ट्याक्टर, डोजर लगाएर नष्ट गरेको भन्दै त्यसको विरुद्धमा नेपाल वन्दको गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभएको छ ।
विहान ५ वजेदेखि वेलुुकी ५ वजेसम्मको वन्दमा यातायात, कलकारखाना, शिक्षण संस्था, वजार सवै वन्द हुनेछन । साथै विज्ञप्तीमार्फत सेक्रेटरी सितलले आम नागरीक, व्यापारी, कर्मचारी, पत्रकार सवैलाइ वन्दको कार्यक्रम सफल पारिरदन आग्रह समेत गर्नुभएको छ ।
साथै माअोवादीले देश र जनताको पक्षमा संविधान घोषणा गरेको दावि गर्ने दलहरु सरकार फेरवदल र सत्ताको मालिक वन्ने खेलमा रमाइको रहेको भन्दै आरोप लगाएको छ । भुकम्प, महंगी, कालोवपजारी जस्ता कुरावाट देश र जनता आक्रान्त भइरहेको अवस्थाम ादलहरु गम्भिर नहुनु हास्यास्पद भएको वताएको छ ।।
