तुलसीपुर ९ असार । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले तुलसीपुरका १ सय ५० नयाँ धारा जडानका लागि आबेदन लिएको छ । आज बिहान १ सय ५० नयाँ धारा जडानका लागि आबेदन फारम बितरण गरेको संस्थाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए ।
खानेपानीको धाराको आबदेन फर्म आज बिहान मात्रै खुल्ला गर्ने भएपनि हिजो सांझ नै उपभोक्ता लाईनमा बसेका थिए । तुलसीपुर खानेपानी संस्थाले आबश्य खानेपानी धारा बितरण नगर्दा धेरै घरमा अझै खाने पानी धारा पुगेको छैन् । खानेपानीको धाराको माग गर्दै ५ सय बढि मानिशहरु खानेपानी धाराको आबेदन फर्म भर्न लाईनमा थिए ।
खानेपानीको फारम बिहान ७ बजे मात्रै बितरण गरिएको थियो । संस्थाका अध्यक्ष ओलीका अनुसार अब फेरी तिन महिना पछि खाने पानी धाराको आबेदन खुल्ला गरिने छ ।
