घोराही, ९ साउन
रोल्पाली समाज सेवा दाङको बैठक शनिवार घोराहीमा बसेको छ । समाजका अध्यक्ष मदन वलीको अध्यक्षतामा बसेको वैठकले यहि भदौ चार गते घोराहीमा रोल्पाली समाज सेवा दाङको दोश्रो अधिवेशन गर्ने निर्णय गरेको छ ।feature

त्यसका लागि वैठकले साउन मसान्तभित्र सेवामा आवद्ध सबै साधारण सदस्यहरुलाई सदस्यता नविकरण गर्न समेत अनुरोध गरेको छ । त्यस्तै वैठकले यहि साउन २२ गते त्रिपुर नगरपालिको मावि हापुर रतनपुरमा  निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको समाज सेवा दाङका सचिव कैलाश रोका मगरले जानकारी दिनुभएको छ ।

बैठकमा समाजले गत वर्ष सञ्चालन गरिएका कार्यक्रमहरुको समिक्षा गर्दै आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत सदस्यहरु सुझाव संकलन गरिएको थियो । बैठकको सञ्चालन सचिव कैलाश रोकामगरले गर्नुभएको थियो ।।