झापा, ९ साउन
केही दिन देखी परेको अबिरल बर्षाका कारण निन्दा खोलामा पानीको बहाब बढेसंगै झापाको बाहुनडाँगी–३ र मेचीनगर–७ को सिमा क्षेत्रमा निन्दा खोलाको पुर्वी तटबन्द फुट्ने खतरा भएको छ । दुई बर्ष अघि जल उत्पन्न प्रकोप नियन्त्रण बिभागको आर्थिक सहयोगमा करिब पाँच सय मिटर तटबन्द गरिएको भए पनि तटबन्दको बिच भागमा ६० मिटर तटबन्द भने तारजाली नराखी बलौटे माटोको मात्र प्रयोग गरिएकाले खोलाको बहाब बढेपछि कटानका कारण तटबन्ध फुट्ने खतरा बढे पछि आफुहरु त्रसित बनेको स्थानियबासीहरु बताउँछन ।
स्थलगत रुपमा बाढीको अवस्था बुझ्न पुगेको रेडियो सरगमको टोली सित स्थानियहरुले आफुहरु ठुलो खतरामा परेकाले राज्यको ध्यान केन्द्रीत गरिदिन सहयोगको आग्रह समेत गरेका थिए ।
बाहुनडाँगी–३ को दोकानडाँढा मन्दीर देखी पश्चिम तर्फ रहेको निन्दा खोलाको तटबन्द कुनै पनि बेला फुट्ने खतरा भए पछि स्थानियहरुले बाँसका भाटा र पराल लगायतले पानीको बहाब रोक्ने प्रयास गरिरहका छन ।
उक्त स्थानबाट निन्दा खोलाको पुवी तटबन्द फुट्ने हो भने बाहुनडाँगी–३ सहित मेचीनगरका वार्ड नं. ७, १२ र १३ मा निन्दा खोलाको एउटा भँगालो नै प्रवेश गर्ने भएकाले ठुलो क्षति हुने सभ्भावना रहेको स्थानिय टेक बहादुर प्रधान बताउनु हुन्छ । प्रधानका अनुसार उक्त स्थानबाट खोलाको तटबन्द फुट्दा मेचीनगर नगरपालिकाको कार्यालय भवन सहित ईटाभट्टा क्षेत्रमा समेत डुबानको खतरा हुनेछ ।।