पाँचथर, ९ साउन
लिम्वू भाषामा आधारभूत तह अन्तर्गत कक्षा ६–८ सम्मको पाठ्यक्रम निर्माण भएको छ । निर्माण भएको पाठ्यक्रम जिल्ला शिक्षा कार्यालय पाँचथरमा बुझाइएको छ । पाठ्यक्रम निर्माण समितिका संयोजक हरीचन्द्र लावतीले मूल पाठ्यक्रम बनाइ सकिएर बुझाइएको र पाठ्क्रमको मूल अंश नेपालीमा अध्ययनका लागि अनुवाद गरिरहेको बताउनु भयो ।index

यसपछि पाठ्यक्रमलाई प्रकाशनको लागि प्रेसमा पठाइने छ । यसअघि निर्माण समितिले पाठ्यक्रम निर्माणका लागि आवश्यकता पहिचान गरेर उदेश्य निर्धारण र विषयवस्तु सरोकारवालाबाट संकलन गरेको थियो ।

अव निर्माण भएको पाठ्यक्रम वर्षे विदा पछि कार्यान्वयन गरिने भएको छ । लिम्वू विद्यार्थीहरुको वाहुल्यता रहेको विद्यालयमा पठनपाठन गरिनेछ ।

संविधानले प्रत्येक नागरिकलाई मातृभाषामा शिक्षा पाउने हकको सुनिश्चित् गरेपछि लिम्वू अगुवाहरुले  जिल्ला शिक्षा कार्यालय अन्तर्गत रहेको जिल्ला पाठ्यक्रम समन्वय समितिको समन्वयमा पाठ्यक्रम निर्माण गरेको हो ।।