काठमाडौं ९ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपमा सञ्चालित काठमाडौं विश्वविद्यालयको मेडिकल स्नातकोत्तर एमडी / एमएस प्रवेश परीक्षामा परीक्षा नियन्त्रकका छोरा नै प्रथम भएका छन्न् । विश्वविद्यालयका परीक्षा नियन्त्रक भागवत नेपालका छोरा ‘साहित नेपाल’ प्रथम भएका हुन् ।

kathmanduuniversity४१०५ रोलनम्बरका साहितले ८१ अंक ल्याएका छन् । उनकै निकटतम प्रतिस्पर्धी दिलीपकुमार यादवले ७७ अंकमात्रै पाएका छन् । सुशासन समितिको बैठकमा सांसद अनिता परियारले आफ्नै सन्तान परीक्षामा सामेल भएको अवस्थामा अभिभावक पदमा रहनु मर्यादाविपरीत भएको बताउनुभयो ।