काठमाडौं, ८ साउन कांग्रेस सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री विरुद्व आपत्तीजनक अभिव्यक्ति दिएका छन् । संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा बोल्दै उनले प्रधानमन्त्री केपी ओलीको मानसिक अवस्था बिग्रिएको आरोप लगाए ।
उनले प्रधानमन्त्रीविरुद्ध आपत्तीजनक अभिव्यक्ति दिएपछि एमाले सांसदहरुले सिटबाट उठेर आपत्ती जनाउँदै होहल्ला गरेका थिए । उनीहरुले हाहल्ला गर्दै अमरेशले माफी माग्नुपर्ने माग राख्दै उनले माफी नमागे सदन अवरुद्व पार्ने चेतावनी दिएपछि लगत्तै सभामुख ओनसरी घर्तीले उनको आपत्तीजनक अभिव्यक्ति रेकर्डबाट हटाउन लगाएर अवस्था साम्य पारेकी थिइन् ।