काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी नारायण शाहको जन्मजयन्तीमा बिदा दिने सरकारको निर्णयको स्वागत गरेका छन् । प्रतिनिधिसभा संसदको बैठकमा बोल्दै उनले सरकारको उक्त निर्णयको स्वागत गरेका हुन् ।

‘पृथ्वीनारायण साह थिए र अहिलेको नेपाल राष्ट्र छ,’ उनले भने, ‘नेपाल राष्ट्र छ र अहिले नेपालको प्रधानमन्त्री बन्न पाउनु भएको छ पुष्पकमल दाहाल प्रचण्ड । त्यसो हुँदा पृथ्वी जयन्तीमा बिदा दिँदा कसैलै हिनताबोध गर्नुपर्ने अवस्था छैन ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्राधानमन्त्री बनाउन राप्रपा नै प्रस्तावक दल भएकोले उनलाई विश्वासको मत पनि दिने बताए ।