प्युठान, ८ साउन
प्युठानको फोप्लीमा पहिरोमा पुरिएर वेपत्ता भएकी बालिकाको शव फेला परेको छ । फोप्ली ९ मैरामारेमा घरमाथिवाट आएको पहिरोले घर वगाँउदा हराइरहेकी स्थानीय अविराम घर्तीकी १२ वर्षकी छोरी बालमती घर्तीको शव फेला परेको प्युठानका प्रहरी प्रमुख रंजीतसिंङ राठौरले जानकारी दिनुभयो ।
प्रहरीले खोजी गर्दा ति वालिकाको शव भेटिएको हो । लगातारको वर्षासँगै आएको पहिरोमा ३ घर पुरिएका छन् । यस्तै, ५८ वर्षकी भोवी घर्ती घाईते हुनुभएको छ । गम्भीर घाइते घर्तीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ ।
उता, रोल्पाको पहिरोका कारण गुमचालमा मानव वस्ती जोखिममा परेको छ । जोखीममा परेको बस्तीका स्थानीयलाइ सुरक्षित स्थानमा सार्ने प्रयास भईरहेको रोल्पाका प्रहरी प्रमुख रामप्रसाद घर्तीले जानकारी दिनुभयो । अविरल वर्षाका कारण पहाडी भेगमा पहिरोको जोखिम वढेको छ ।।