घोराही, ८ साउन
दाङ जिल्ला उद्योग संघले वाणिज्य तर्फ प्राइभेट फर्म दर्ता र नवीकरणमा उत्पन्न समस्या प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । १० लाख रुपैयाँको पूँजी भएको व्यवसाय सञ्चालन गर्न लागेमा ६० लाख देखाउनु पर्ने गरी निति रहेको भन्दै व्यवसायीहरुले राज्यको निति नियमले गर्दा व्यवसाय सञ्चालन गर्न बन्चीत हुने अबस्था आएको व्यवसायीहरुले बताएका छन् ।
संघको शुक्रवार बसेको बैठकले उक्त समस्यालाई समाधान गर्न स्थानिय र केन्द्रिय तहमा सहजिकरण गरि अविलम्व पहल गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष हेमराज बन्जाडेको अध्यक्षतामा बसेको बैठकले संघबाट संचालन हुदै आएको व्यवसायीक सचेतना एवं सदस्यता बृद्धि अभियानलाई यस आर्थीक बर्षमा पनि निरन्तरता दिने निर्णय गरेको छ ।
यसैविच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणा नेपाल सरकार मन्त्री परिषदको निर्णय वाट लगानी वोर्डको सदस्यमा नियुक्त हनुभएकोमा सफल कार्यकालको कामना गर्दै बधाई दिने निर्णय गरेको संघका महासचिब दिपक सुबेदीले जानकारी दिनुभएको छ ।।