इन्द्रेणी संवाददता
दाङ, ८ साउन
सामुदायिक प्रहरी सेवा केन्द्र दाङले आज घोराही नगरपालिका ५ अम्वापुर स्थित अम्विकेश्वरी मन्दिर परिसरमा सरसफाइ गरेको छ ।sar1

धार्मिक प्रर्यटकीय तिर्थस्थलहरुको सरसरफाइ गर्ने अभियान र

केन्द्रको नियमित कार्य अन्तर्गत आज जिल्ला प्रहरी र वडा प्रहरी कार्यालय घोराहीसंग समन्वय गर्दै मन्दिर परिसरको सरसफाइ गरिएको सचिव आरके सितलले जानकारी दिनुभयो ।

केन्द्रका अध्यक्ष विष्णु पुनको नेतृत्वमा खटिएको टोलीले मन्दिरभित्र रहेका झाडीको सरसफाइ, फोहोर र प्लाष्टिक जन्य वस्तुको व्यवस्थापन गरेको छ ।

साथै सरसफाइ पश्चात औपचारीक कार्यक्रम पनि गरिएको छ ।

 

केन्द्र अध्यक्ष विष्णु पुनको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी प्रकाशराज शर्माको प्रमुख आतिथ्यता रअम्विकेश्वरी मन्दिर संरक्षण तथा संवद्र्धन समितिका निवर्तमान अध्यक्ष विनोद पोख्रेलेको विशिष्ट आतिथ्यतमा कार्यक्रम भएको हो ।sar2

सो अवसरमा वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक सुर्य वहादुर थापा, केन्द्रका सल्लाहकार भुपेन्द्र सुवेदी, कोषाध्यक्ष कैलाश रोका,

उपाध्यक्ष कृष्ण राना, सदस्य हुमा डिसी लगाएतले रिसफाइको कार्यक्रमलाइ अभियानकै रुपमा लैजानुपर्ने वताउनुभयो ।

 

कार्यक्रमको सन्चालन सचिव आर.के शितलले गर्नुभएको थियो sar3।।