काठमाडौँ, साउन ८ गते । लगातार तीन दिनदेखि पानी परेपछि नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, नेपालगञ्जलगायत पश्चिम तराईका क्षेत्र डुबानमा परेका छन् भने पहाडी क्षेत्रमा बाढी पहिरोको जोखिम बढेको छ । अझै दुई दिनसम्म पश्चिम नेपालमा पानी पर्ने सम्भावना रहेकाले ती क्षेत्रमा अझै बाढी आउन सक्ने र डुवानमा पर्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरिएको छ ।

Badhi_Pahiro
फाइल तस्वीर

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा। ऋषिराम शर्माका अनुसार बुधबारदेखि लगातार परेको पानीले शुक्रबार नवलपरासीदेखि पश्चिम नेपालका केही क्षेत्रमा डुबान भएको छ । उहाँले नेपाली आकाशमा केही दिनयता मनसुन निकै सक्रिय रहेको बताउनुभयो । महानिर्देशक डा। शर्माले भन्नुभयो, ‘पश्चिम क्षेत्रका बबई, राप्ती, कर्णाली र महाकालीमा बाढी आउन सक्ने सम्भावना छ । पँर्व सावधानी र सर्तकता अप्नाउनुपर्छ । ’ शुक्रबार दिनभर पश्चिम राप्ती र नारायणी नदीको पानीको सतह खतराको चिह्नभन्दा माथि पुगेको छ ।

महानिर्देशक डा। शर्माले केही नदी तथा खोलाहरूमा पानीको सतह निकै बढिरहेको बताउनुभयो । मौसविद् सुवास रिमालका अनुसार मनसुनको प्रभाव केही दिन पश्चिमी नेपालमा रहने र बिस्तारै पँर्वी नेपालतर्फ सर्ने भएकाले आउँदा केही दिनमा पँर्वतर्फ भारी वर्षा हुने सम्भावना छ । मौसम पँर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान भैरहवामा १२३ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ । त्यसैगरी सिमरामा १०९ मिलिमिटर र नेपालगञ्जमा ६० मिलिमिटर वर्षा भएको छ ।