राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापाले कुर्सी र सत्ताको खेलले देश संकटमा परेको बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले आज घोराहीमा आयोजना गरेको राष्ट्रियताको रक्षा तथा संघीयताको खारेजी बिषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य थापाले नेपालको राजनीति सत्ता र भत्ता केन्द्रीत हुँदा देश संकटमा परेको बताउनु भएको हो ।

Rajamo3

कार्यक्रमका प्रमुख अतिथि थापाले म मरेर गएपनि मेरा सन्दतीहरलाई यो देश चाहिन्छ भन्ने विचार उच्च तहका नेताहरुमा नहुँदा नेपाल बैदेशीक चलखेलको मैदान हुन पुगेको बताउनु भयो । ठूला भनिएका दलहरुले कुर्सी जोगाउनका लागि राष्ट्रियतालाई बन्धकमा रान्ने गरेकाले आज राष्ट्रियता इतिहासकै संकटमा परेको बताउनु भयो । केन्द्रीय सदस्य थापाले राष्ट्र रहे नेपाली रहने तर राष्ट्रनै नरहने नेपाली पनि नरहने भएकाले देश जोगाउन संघीयता खारेजीको विकल्प नभएको दावी गर्नु भयो ।।