काठमाडौं, ८ साउन । नेपाल भेट्रान्स टेबल टेनिस सङ्घको आयोजनामा प्रथम दक्षिण एसियाली भेट्रान्स टेबल टेनिस प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ ।

ttbलैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा नेपालका २४, भारतका ४०, पाकिस्तानका दुई, माल्दिभ्सका ६ र बंगलादेशका चार खेलाडीको सहभागिता रहने कार्यक्रम संयोजक नविनबहादुर शाक्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुष ४० वर्षमाथि र ५० वर्षमाथि टिम र एकल तथा महिला ५० वर्षमाथि एकल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सोमबारसम्म चल्नेछ । रासस