तनहुँ, २७ मंसिर । नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेर अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ पाँचौँ पटक स्थगित भएको छ ।
तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमका अनुसार थुनामा रहेका शाहमाथिको सुनुवाइ पुस ११ गते पेसी तोकिएको छ ।
शाहको मुद्दामा आइतबार सुनुवाइ हुने भनिएपनि आज न्यायाधीश हरिश्चन्द्र ढुङ्गाना अनुपस्थित हुदा सुनुवाइ हुन सकेन । जिल्ला अदालत नवलपुरमा भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारका अभियोगमा साढे २ वर्षको कैद सजाय तोकेको थियो ।











