धनुषा, २७ मंसिर । धनुषामा स्रोत नखुलेको २४ लाख १७ हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ परेको छ ।पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला मंगपट्टी १ का २३ वर्षीय उमेश कुमार रहेका छन् ।

सशस्त्र प्रहरी बल धनुषाका अनुसार धनुषाको विदेह नगरपालिका ९ इटहर्वाको सीमा इलाकामा भारतबाट आउँदै गरेको प्रदेश २–०२–००५ प ५७९८ नम्बरको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर राखेको अवस्थामा २४ लाख १७ हजार रुपैयाँ बरामद गरिएको हो ।