काठमाडौं ७ साउन ।  शिक्षा सचिव विश्वप्रकाश पण्डितले पदबाट राजिनामा गर्नुभएको छ । पुरा अवधि अगावै राजिनामा गर्दा पाउने धेरै सेवा सुविधा पाउने भएकाले पण्डितले राजिनामा दिनुभएको हो । आफ्नो सेवा अवधि भरी तुलनात्मक रुपमा स्वच्छ छवि बनाएका भनिएका सचिव पण्डितले जाँदा जाँदै पेन्सन धेरै पाउने निजामती ऐनमा भएको प्रावधान अनुसार नै राजिनामा गर्नुभएको हो ।

education-canterसाउन ११ गते सचिवको ५ बर्षे अवधि पुरा गरी अवकास पाउन लागेका पण्डितले निजामती ऐनमा भएको स्वेच्छिक अवकास योजना अन्र्तगतको ब्यवस्था अनुसार सेवा सुविधा पाउने गरी राजिनामा दिनुभएको हो । पुरा अवधि अगावै राजिनामा गर्दा उहाँले थप ३ बर्ष सेवा गरे बरावरको पेन्सन सुविधा पाउनुहुनेछ । ऐनमा ३० बर्ष सेवा अवधि पुरा गरेको कर्मचारीले उमेर हद अगावै राजिनामा दिदाँ बढि सुविधा पाउने ब्यवस्था छ ।