घोराही, ७ साउन
रक्त क्यान्सरबाट पिडित रेडियो मध्यपश्चिमकर्मी अर्जुन महराको उपचारका लागि रेडियो मध्यपश्चिमले १० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । रेडियोमा समाचार शाखामा कार्यरत सम्बाददाता महराको उपचारका लागि रेडियोको तर्फबाट १० हजार रुपैयाँ सहयोग गर्ने र सहयोग जुटाउन पहल गर्ने निर्णय भएको रेडियोका अध्यक्ष माधबप्रसाद शर्माले जानकारी दिनुभएको छ । page_2

रक्त क्यान्सर सहित, हड्डी भित्रको मासिमा देखिएको समस्याका कारण पत्रकार महरा अहिले काठमाडौको सिभिल हस्पीटलमा उपचाररत रहनुभएको छ । साथै रेडियोले पत्रकार महराको उपचारमा आर्थीक सहयोग गर्न सबैलाई अपिल समेत गरेको छ ।

यस अघि नेपाल पत्रकार महासंघ दाङले पनि पत्रकार अर्जुन महरा बचाउन अभियानमा १० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ । लमहि नगरपालिका रातोडाँडामा घर भएका पत्रकार महराका बुवाले छोराको जिवन रक्षाका लागि उपचारमा रकम धेरै लाग्ने भएकाले सहयोग गर्न सबैलाई अपिल समेत गर्नुभएको छ ।।