रेखा मगर
दाङ, ७ साउन
प्रत्येक वर्षायाममा अवरुद्ध हुँदै आएको घोराही होलेरी–सडकखण्ड फेरीपनि अवरुद्ध हुँदा आवागमन रोकिएको छ । दाङको सैघा गाविस २ गैरा भन्ने स्थानमा पहिरो झरेपछि गएराति देखि सवारी साधन आवतजावत हुन नसकेको प्रहरीले जनाएको छ ।
holeri
पानी पर्नेवित्तिकै पहिरो जाने र सडक हिलाम्य हुँदा यात्रु तथा चालकहरुले सास्ती वेहोरिरहेका छन । वाटो अवरुद्ध हुँदा सवारी साधन आवतजावत गर्न वन्द भएको दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो । अवरुद्ध सडक खुलाउन घोारहीवाट स्काभेटर पठाइएको छ ।

दाङबाट रोल्पाको होलेरी हुदै रुकुम, रोल्पा सदरमुकाम लिवाङ, जिल्लाका माथिल्ला भेग र प्यूठानको स्वर्गद्धारी जाने सवारीसाधन सहज रुपले सन्चालन हुन सक्ने अवस्था छैन । वाटोका बिच विचमा परेका खाल्डा खुल्डीमा वर्षातको पानी र पहिरोको माटो जम्मा भएपछि कच्ची सडकमा दुर्घटनाको जोखिम उत्तिकै वढेको छ ।।