इन्द्रेणी संवाददाता
देउखुरी, ७ साउन । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले दाङका एकजना इञ्जिनियरलाई डेढ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलउत्पन्न प्रकोप नियन्त्रण फिल्ड कार्यालय लमहीका इञ्जिनियर रामदुलारी शरण भगत रहेको अख्तियारले जनाएको छ ।  Ramdulare-Sharan-Vagat
१ लाख ५७ हजार घुसको रकम सहित इञ्जिनियर भगतलाई अख्तियारको टोलिले विहिवार उनकै कोठावाट पक्राउ गरेको अख्तियारले जानकारी दिएको छ ।

इञ्जिनियर भगतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय कोहलपुरको टोलिले पक्राउ गरेको हो ।  गोवरडीहा गाविस वडा नम्बर  ८ खहरे भालुखोलामा तट्वन्धका लागि तारजालि योजना वाफतको १७ लाख ९३ हजार ६ सय बजेट मध्ये करकट्टी गरेर १ लाख ५७ हजार नगद घुस बुझ्दै गर्दा उनी कोठावाटै रङ्गेहात पक्राउ परेको अख्तियारका क्षेत्रीय सूचना अधिकारी चुरामणि पराजुलीले जानकारी दिनुभयो ।

लमही नगरपालिका वडा नम्बर ११ लमही स्थित डेरावाट घुसको पैंसा बुझ्दै गर्दा भगत पक्राउ परेका हुन ।।