इन्द्रेणी संवाददाता 

तुलसीपुर ७ साउन ।  तुलसीपुर घोराही बिचमा पर्ने ग्वार खोलामा आएको बाढिले तुलसीपुरबाट बाग्लुङका लागी छुटेको बस बगाएको छ । आज बिहान ५ बजे तुलसीपुर बाट छुटेको बा ३ ख ४४ ५१ नंबरको यात्रुबहाक बसलाई बगाएको हो ।

13823581_578015549053043_1853089480_nबसमा सवार यात्रुलाई भने सकुसल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । अहिले ग्वारखोलामा पानीको बहाव घटेसंगै आवातजावत सामान्य भएको छ । अहिले बगेको गाडिलाई निकाल्ने प्रयास भईरहेको प्रहरीले जानकारी दिएको छ ।