नयाँ संविधान जारी भएसँगै संघीय संरचना जिल्लामा पनि हुने भएको छ । जस अनुसार जिल्लामा संघीय संरचनाको सुरुवात हुन थालेको छ । स्थानीय सरकारको अनुसार दाङमा पनि संघीय संरचनाको सुरुवात भएको जिल्ला विकास समिति दाङले जानकारी दिएको छ । जसमा विभिन्न विषयलाई आधार मानेर नगरपालिका र गाँउपालिका हुने स्थानीय विकास अधिकारी रमेश गौतमले जानकारी दिनुभयो ।

7-pardesh1आज घोराहिमा भएको पत्रकार सम्मेलनमा उहाले नेपाल सरकारको निर्वाचन तालिका अनुसार स्थानीय, प्रान्तीय र केन्द्रिय सरकारको निर्वाचन हुने भएकाले सोही अनुसार यही साउन मसान्तभित्रमा संघीय संरचना गरिसक्नुपर्ने उहाँले बताउनुभयो । संघीय संरचना अनुसार अब गाविस हुने छैन गाविसको ठाँउमा गाउपालिका हुने छ भने नगरपालिकामा भने नगरपालिका नै हुने छ । दाङ जिल्लामा अब बढिमा १० वटा गाँउपालिका र नगरपालिका हुनेछन् । जसकालागी जनसंख्यालाई मुख्य आधार मानीने स्थानीय विकास अधिकारी गौतमले बताउनुभयो ।

संघीय संरचनाका विषयमा सुझाव संकलन गरेर स्थानीयहरुको सल्लाह सुझाव अनुसार केन्द्रमा जानकारी गराईने उहाँले बताउनुभयो । जस अनुसार पहिलो चरणमा जिल्ला विकास समिति, नगरपालिका एवं गाविसमा सुझाव संकलन केन्द्र मार्फत सुझाव संकलन गरिने र सोही अनुसार संघीय संरचना गरिने उहाँले जानकारी दिनुभयो ।

नयाँ संविधान अनुसार देश संघीय संरचनामा गएपछि स्थानीय स्तरबाट जनताहरुले सेवा सुविधा पाउने छन् । संघीय संरचना भएपछि स्थानीय क्षेत्रको विकासमा सहज हुने जानकारहरु बताउछन् । भविष्यकालागी पनि यो उपयुक्त भएको भन्दै उनीहरुले संघीय संरचनामा सहयोग गर्न सबैमा अनुरोध पनि गरेका छन् ।।